Jaaso Gaara Je Bhaana / Yo maan ta mero Nepali Ho / जसो गर जे भन/ 1974 A.D.

(जसो गर जे भन 
जतासुकै लैजाऊ मलाई 
यो मन त मेरो नेपाली हो )२ 
मलाई गर्व छ हाम्रो पुर्खाले 
(कति व्यथाहरु सहेर )२ 
इतिहासमा कथा त लेखेकै छ 
जसो गर जे भन 
जतासुकै लैजाऊ मलाई 
यो मन त मेरो नेपाली हो... 

(न नै लडाईको मैदानबाट भागी दिन्छ 
न त सुनको तराजुमा बिकी दिन्छ )२ 
आफ्नै कर्ममा अटल रहने 
आफ्नै पसिनामा बिश्वास राख्ने 
यो मन त मेरो नेपाली हो 

(न नै अरुको भरोसामा बाँची दिन्छ 
न त आफ्नो अधिकारलाई लुट्न दिन्छ )२ 
हिमाल झै चम्किलो सफा छ छाती 
आकाश झै फिजिएको बिशाल छ बिचार 
यो मन त मेरो नेपाली हो 

(जसो गर जे भन 
जतासुकै लैजाऊ मलाई 
यो मन त मेरो नेपाली हो )२ 
मलाई गर्व छ हाम्रो पुर्खाले 

(कति व्यथाहरु सहेर )२ 
इतिहासमा कथा त लेखेकै छ 
जसो गर जे भन 
जतासुकै लैजाऊ मलाई 
यो मन त मेरो नेपाली हो...



Reviews Add your review

Reviews are not available yet. click here to add your review